एमालेले राष्ट्रियसभामा १९ पदमै उमेदवारी दिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा १९ वटा पदमा नै उमेदवारी दिने बताएका छन् ।आजको सचिवालय बैठकले १९ वटै पदका उमेदवारका विषयमा छलफल भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार विभिन्न क्लष्टरबारे निर्क्यौल गर्नुपर्ने भएकाले आज टुंगो लागेको छैन ।
माघ ११ गते हुने निर्वाचनका लागि मंसिर २३ गते उमेदवारी मनोनय हुँदैछ । एमाले र सत्ता गठबन्धनबीच राष्ट्रियसभामा भागबण्डा हुने चर्चा भएको थियो ।
स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो प्रस्ताव नआएको ब्रिफिङ गरेका छन् ।




तपाईको प्रतिक्रिया