
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका लक्षित जनसंख्याको १६ देखी ४५ वर्ष उमेर समुहका करिब ५४ हजार ६३५ जनालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ ।
विहीवार टाइफाइड खोप अभियानको जिल्ला स्तरीय बैठक तथा अन्तरक्रिया कार्यक्रम जानकारी दिंदै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले भूकम्प प्रभावित जिल्लाहरुमा खोप अभियान २०८०–८१ को कार्य नीति तथा अभियान संचालन प्रक्रियाबारे जानकारी गराउँदै कार्यालय प्रमुख सापकोटाले भन्नुभयो,“ जिल्लामा पहिलो चरणमा यही पुस ८ देखी १० गतेसम्म कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा टाइफाइड विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ” दोस्रो चरणमा पुस ११ देखी १३ गतेसम्म चन्दननाथ,पातारासी,गुठिचौर,तिला र तातोपानी गाउँपालिकामा खोप अभियान कार्यक्रम संचालनहुने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताउनुभयो ।
खोप अभियान योजना अन्तर्गत १२० खोप कार्यकर्ता परिचालहुने भएकाछन् । २४० स्वयम्सेवक र ३०० वटा खोप सेसन रहेकाछन् । अभियानमा खोपदिने छनौट भएका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।भूकम्प प्रभावित जिल्लाहरूमा टाइफाइडको खोप अभियान संचालन हुने भएको छ । कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालिकोट र सुर्खेत जिल्लामा खोप अभियान संचालन हुने भएको छ ।
१६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि पुरुषोत्तम सेडाइले जानकारी दिनुभयो । जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुवेलाको खोप पनि दिने कार्यक्रम रहेको छ । खोपका कारण बाल र मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सेडाइको भनाइ छ ।
पछिल्लो समयमा टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ । सरकारले राष्ट्रिय स्तरमै संचालन गरेको खोप अभियान कार्यक्रमलाई सफल बनाउनदेखी खोप संचालनहुने स्थानमा शान्ति सुरक्षा कायम गर्न प्रशासन लागि पर्ने प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताउनुभयो ।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख गौरीनन्द आचार्यले जिल्लाका गा्रमीण भेगसम्म रहेका खोप केन्द्रसम्म सहज रुपमा खोप पु¥याउन स्थानीय तहदेखी जिल्लाकासबै सरोकारवालाहरु भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
राज्यले जनताका लागि लगानी गरेको खोपलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न र आमजनताको पहुँचसम्म पुग्नका लागि सचेतनाका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने जिसस प्रमुख आचार्यको भनाइ छ ।




हाम्रो कर्णाली । ५ पुष २०८०, बिहीबार २०:५५