प्रेस चौतारी जुम्लाको अध्यक्षमा रावल चयन

पूर्ण चौलागाईँ जुम्ला। मंसिर १५

प्रेस चौतारी जुम्लाको अध्यक्षमा मानदत्त रावल चयन भएका छन्। प्रेस चौतारी नेपाल जुम्लाको प्रथम साधारण सभाले रावललाई चयन गरेको हो। २ वर्षे कार्यकालको लागी रावललाई चयन गरिएको प्रेस चौतारीका निवर्तमान अध्यक्ष नौरते नेपालीले बताए।

प्रेस चौतारीलाई अब्बल र थप मजबूत बनाएर लैजाने नव चयन रावलले बताए । अध्यक्ष नेपालीले अगुवाई गरेको ३२ सदस्सीय कार्यसमितिमा अध्यक्ष बाहेक अन्य पदाधिकारीहरु यथावत नै रहेका छन्। उपाध्क्षमा हरिकृष्ण महत र सपना रावत, सचिव अमरनाथ योगि, कोषाअध्यक्ष यनिसा हमाल लगायतको कार्यसमिति यथावत रहेको छ।




तपाईको प्रतिक्रिया