स्व.दिपबहादुर स्मृति पुरस्कार रासस कर्मी रावतलाई प्रदान गरिने

पूर्ण चौलागाईं जुम्ला।
२०८० सालको स्व.दिपबहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार रासस कर्मी बिजय रावतलाई प्रदान गरिने भएको छ।
कर्णाली जस्तो बिकट जुम्लामा रहि  सक्रिय पत्रकारिता गर्दै आएका राससकर्मी तथा हिमालयन टाइम्समा कार्यरत रावतलाइ सो पुरस्कार प्रदान गर्न थालीएको हो। पुरस्कारको राशि १० हजारको रहेको छ।

यस बर्ष  प्रेस काउन्सिल नेपालले प्रदान गरेको युवा पत्रकारिता पुरस्कारबाट पनि रावत जुम्लाबाट पुरस्कृत भएका थिए ।
हरेक बर्ष जुम्ला जिल्लामा क्रियाशिल पत्रकारलाई सो पुरस्कार प्रदान गरिने भएको छ।गत साल उक्त पुरस्कार पत्रकार सागर परियारलाई प्रदान गएको थियोे ।




तपाईको प्रतिक्रिया