हिमामा मुटु जोगाउ अभियान : २३ सयले गरे मुटुको परिक्षण,

   

पूर्ण चौलागाईं जुम्ला।
गाउँगाउँमा मुटु राेगी बढेपनि अस्पताल पुगेर उपचार गराउने अधिकांशकाे आर्थिक स्थिती छैन् । केही राेग पालेर बस्न बाध्य छन् । भने काेहि उपचारकै पर्खाईमै छन् ।
दुर दराजका विपन्न नागरिककाे समस्या बुझ्दै हिमा गाउँपालिकाले विभिन्न राेगकाे उपचार गर्न निशुल्क शिविर चलाउदैँ आएकाे छ ।
हिमाकाे अध्यक्षमा लक्ष्मण बहादुर शाही निर्वाचित भए यता हिमा मात्रै,नाक काट,हड्डी,पाठेघर,आँखा,माेतिया विन्दु शल्यक्रिया हुँदै मुटु राेग परिक्षण अभियान समेत चलाईएकाे छ ।
अध्यक्ष शाही निर्वाचित भए यता १७ महिनाकाे अवधिमा विभिन्न खाले ७ वटा शिखिर सञ्चालन भईसकेका छन् । जसअन्तर्गत हिमाले ३ दिने मुटु राेग परिक्षण अभियान चलाएकाे हो ।
<span;>भर्खर निशुल्क माेतिविन्दु शल्क्रिया शिविरबाट ४१ जनाकाे शल्यक्रिया गरेकाे हिमाले मुटु जाेगाउ अभियान अन्तर्गत २१ सय बढी बालबालिकाे मुटु राेग परिक्षण गरिएकाे  छ ।
गाउँपालिकाकाे आयाेजना तथा `मुटु जाेगाउ´ काठमाडौंकाे प्राविधिक सहयाेगमा कुल दुई हजार तीन सय ७३ जनाकाे मुटु परिक्षण गरिएकाे गाउँपालिका अध्यक्षण बहादुर शाहीले बताए ।
उनले भने”मेराे पहिलाे प्रथामिकता नागरिककाे स्वास्थ्य हाे । हाल सम्म करिब ७ वटा विभिन्न राेगकाे शिविर चलाईसकेका छाै । पालिकाभरका सबै नागरिककाे निशुल्क बिमा गर्ने पनि नीति छ । विद्यार्थीहरूकाे मुटुकाे अवस्था थाहा पाउनकाे लागि परिक्षण गरेका हाै ।”
परिक्षण गरिएका मध्ये १३ जनाकाे नि:शुल्क शल्यक्रियाकाे लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंमा रेफर गरिएकाे अध्यक्ष शाहीले जानकारी दिए ।

गाउँमै निशुल्क उपचार पाएपछि हिमाका विपन्न नागरिक खुसी भएका छन् । महंगाे खर्च गरेर उपचार गराउन जाने स्थिती नरहेका स्थानीय बालबालिका देखि बृद्दले गाउँमै उपचार पाउँदा मख्ख भएका हुन् ।




तपाईको प्रतिक्रिया