
पूर्ण चौलागाईं ।
स्थानीय तहका निजामति कर्मचारीले संघीय निजामति ऐन भन्दा एकिकृत निजामति कर्मचारी ऐन जारी गर्न माग गरेका छन् । २० बुदे माग राख्दै प्रजिअमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै एकिकृत निजामति कर्मचारी ऐन जारी गर्न माग गरेका हुन् ।
स्थानीय तहका कर्मचारीले जिल्ला संघर्ष समिति गठन नै गरेर माग सम्बोधन नहुदासम्म आन्दोलन जारी राख्ने जनाएका छन् । तीनै तहका कर्मचारीलाई तहगत प्रणाली लागु गर्नुपर्ने, अन्तर प्रदेश ७५३ वटै स्थानीय तहमा सरुवा हुने व्यवस्था गरिनु पर्ने जस्ता माग राखेका छन् ।

तीनै तहमा कार्यरत कर्मचारीलाई न्यूनतम् योग्यता पुगेको अवस्थामा बढुवाको लागि ३ वर्ष र तहबृद्धि ५÷५ वर्षमा हुनुपर्नेसहित २० बुदे माग रहेको जिल्ला संघर्ष समितिका संयोजक टिकाराज न्यौपानेले बताए ।




हाम्रो कर्णाली । २४ आश्विन २०८०, बुधबार २०:१८