माध्यमिक स्तरीय अन्तर पालिका हाजिरीजवाफ प्रतियोगितामा सिंजा गाउपालिका प्रथम

पूर्ण चौलागाईं । माध्यमिक स्तरीय अन्तर पालिका हाजिरीजवाफ प्रतियोगितामा सिंजा गाउपालिका प्रथम भएको छ। त्यस्तै तिला गाउपालिका दृतिय र पातारासी गाउपालिका तृतीय भएका हुन्।
प्रथम ,दृतिय र तृतीय हुने बिद्यार्थिलाई  क्रमशः ४० हजार,३० हजार र २० हजार बराबरको <span;> मुल्य पर्ने शैक्षिक सामग्री पुरस्कार वितरण गरिएको आजोजक हिमा गाउपालिकाका शिक्षा शाखा प्रमुख दन्तराज रावतले बताए । प्रतियोगितामा जुम्ला जिल्लाका ८ वटै स्थानीय तहका ८ वटा समुह सहभागी भएका थिए । सहभागी सबैलाई सान्तवना स्वरुप  शैक्षिक सामग्री पुरस्कार वितरण गरिएको शिक्षा शाखा प्रमुख रावतले बताए ।
प्रतियोगिताका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जुम्लाका पुर्व सभापती दिप बहादुर शाहीले हिमा गाउपालिका शिक्षा शाखाले सो प्रतियोगिताको आयोजना गरेकोमा धन्यवाद दिए।त्यस्तै हिमा गाउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहिले शैक्षिक क्षेत्रलाई प्रभावकारी ढंगले अगाडि बढाउन कुनै पनि कसुर बाकी नराख्ने बताउनु भयो।आगामी दिनमा गाउपालिकाले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्ने अध्यक्ष शाहिको भनाइ छ।




तपाईको प्रतिक्रिया