
पूर्ण चौलागाईं
जुम्लाकाे चन्दननाथ माध्यमिक विद्यालयले फाइनल खेलेका छात्रा विद्यार्थीलाई स्कुलकाे निर्देशन नमानेकाे भन्दै निस्कासन गरेकाे छ। जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निकालेकाे हाे।
अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धकाे सेमी फाइनल खेलकाे थियाे। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरु मैदान छाेडेर हिडेका थिए।
चन्दननाथका छात्रहरुले सेमिफाइनलमा गरेकाे गाेललाई रेफ्रीले अपसाइट भनेर गाेल नदिएर पक्षपतपूर्ण निर्णय गरेकाे भन्दै सहभागिता नजनाउने निर्णय गरिएकाे प्रधानाध्यापक टंक महतले बताए।




हाम्रो कर्णाली । २१ आश्विन २०८०, आईतवार १५:५२