
पूर्ण चौलागाईं जुम्ला।
१६ बर्ह मुनिको लात्तले खेल्न्या भकुन्डो खेलमै भैरव माध्यामिक पाठशाला धुपिढुस्कामै घोक्न्या चेला पइलो भया छन्।धुपिढुस्का चेलाले २ गोल हालिकन पइलो भया छिया भुन्या त्रिभुवन माध्यमिक पाठशाला झारज्वला घोक्न्या चेलाले१ गोल हालिकन दोर्सा भया छुन्।
त्यथैगरिकन त्रिभुवन माध्यमिक पाठशालामै घोक्न्या चेली पइला भयइ छुन् भुन्या चन्दनाथ माध्यमिक पाठशालामै घोक्न्या चेली दोर्सा भयइ छुन।दुबै पाठशालाइ टोकिनिले १/१ गोल हाली बराबर भयापछी सुमय निठिया छियो।ट्राइबेकरमै झारज्वला घोक्न्या टोकिनिले चन्दनाथ घोन्या टोकिनिन झितेइ हुन।
पइलो हुन्या धुपिढुस्का घोक्न्या टटिकी र झारज्वला घोक्न्या टोकिनिले अब सुर्खेतमै खेल्न पाउन्या भया कुडा जिल्ला फुटबल संघ जुम्ला महासचिव दिपेन्द्र बिक्रम हमालले भुन्या छुन्।असौजा मुइना १३ गत्यादै भया खेल आज निठिया छ।




हाम्रो कर्णाली । २० आश्विन २०८०, शनिबार २१:२०