जुम्ला ः सधै सामाजिक काममा अग्रसरता देखाउने तत्कालिन साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णु बुढ्थापालाई नेपाल विद्युत प्राधिकरणले हालै सम्मान गरेको छ । प्राधिकरणले ३७ औँ बार्षिकत्सवमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।
०४६ सालमा देशमा प्रजातन्त्रबहालीपछि नेपाल प्राधिकरणले जुम्लामा विद्युत वितरण गर्नका लागि जाल्पा हाइड्रो प्रालि काठमाडौँ भाडामा लिएको थियो । ठेकेदार कम्पनीले जुम्लामा विद्युत सेवा राम्रोसँग आपूर्ति गर्न नसकेपछि रुष्ट भएका व्यवसायी, नागरिक, पत्रकार र राजनीतिक दलको विरोधपछि ठेकेदार भागेर गयो ।
त्यसपछि नरबहादुर महतको संयोजकत्वमा ५ जनाको टिमले विद्युत सेवा दिन थालेको थियो । त्यो टिममा बिष्णु बुढ्थापा पनि थिए । व्यापार व्यवसायकै लागि भए पनि विद्युत सेवा नियमित हुनु पर्दछ भन्ने सक्रिय अभियान चलाएको बुढ्थापाको अग्रसरतामा जुम्लाका तत्कालिन सिडिओ बलबहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले ०६४ सालमा साना जलविद्युत उपभोक्ता समिति गठन ग¥यो । जसको अध्यक्षमा विष्णुबहादुर बुढ्थापासहित ९ सदस्यीय समिति गठन भयो ।जुम्लाको सदरमुकाम खलंगालाई लोडसेडिङ मुक्त गर्नका लागि धेरै उपाया अपनाउने गर्दथे । घट्दो विजुलीको क्षमता, बढ्दो उपभोक्ताको विजुली मागले लोडसेडिङ मुक्त गर्न सहज पनि थिएन । तत्कालिन अध्यक्ष बुढ्थापाले भने बढ्दो विजुलीको माग संगसंगै विजुलीको लोड कसरी घटाउन सकिन्छ भन्ने योजना बनायौँ । कम लोडले बढी उज्यालो दिने सिएफएल र एलिडि जस्ता चिमहरु खरिद गर्दै उपभोक्तालाई वितरण गरिएको उनले बताए ।
यसरी सिएफएल चिमले विद्युत खपत घटाएपछि थप १५ लाख बजेट लगानी गरी विद्युत पहुँच भएका १८ सय घरधुरीलाई प्रति घरधुरी ३ वटाका दरले निशुल्क चिम वितरण गरेपछि ४ वर्षसम्म लोडसेडिङ भयो । नियमित विजुली आपूर्ति कसरी गर्न सकिन्छ भन्ने अभियान चलाउदै आएका बुढ्थापाले विजुली बा भनेर अर्काे शव्दले चिनिन थाले ।
समय क्रम अनुसार दुर्गम जुम्ला सुगममा परिणत भयो । जुम्ला देखि सुर्खेतसम्म कर्णाली राजमार्ग बन्यो । त्यसपछि दिन प्रतिदिन बढ्दै गरिएको सहरीकरणसँगै मोवाईल टेलिभिजन जस्ता विद्युती प्रविधि जुम्लामा भित्रिन थाले । विजुली बाल्ने उपभोक्ता थपिदै गए । त्यतिबेला विद्युत उपभोक्ताको संख्या दुई हजार ३ सय पुग्यो । विजुलीको लोड बुढ्दै गएपछि पुन त्यही लोडसेडिङ समस्या दोहोरियो ।
लोडसेडिङको समस्या समधान गर्नका लागि बुढ्थापाले तत्कालिन सांसद ललितजंग शाहीसँग गुहार मागे । सांसद शाहीको संसद कोषबाट २० लाख र पाँच लाख उपभोक्ता समितिको बजेट जुटाएर पुनः सिएफएल चिम खरिद गरी वितरण गरेका थिए ।
२३ सय घरधुरीलाई प्रति घरधुरी ४ वटा चिमका दरले निशुल्क वितरण गरेपछि पुन विजुली नियमित आपुर्तिमा राहत मिल्यो ।
समयक्रमसँग २०४० सालमा स्थापना गरिएको विद्युत मेसिन विग्रिदा फेरी जुम्ला अन्धकारमय भयो । नियमित विद्युत आपुर्तिको अभियान चलाउने बुढ्थापालाई अर्काे आपत आइपर्याे । विजुली आपूर्तिको समस्या समाधान गर्नका लागि बुढ्थापालले सांसद शाहीलाई लिएर भारतीय राजदुताबासमा समस्या दर्साए । दुताबासले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि स्टिमेटसहित पुगेका बुढ्थापालाई भारत सरकारले २ करोड ६३ लाख बजेट दिने सम्झौता ग¥यो ।
त्यसपछि प्रक्रियागत रुपमा तत्कालिन जिल्ला विकास समितिले मेसिन खरिदका लागि टेन्डर आव्हान ग¥यो । २ करोड ६३ लाख बजेट भारत सरकारबाट सहयोग पाएका विष्णुले जब जिल्ला विकास समितिले ३ करोड ९ लाखमा टेन्डर स्कीकृत गरेपछि रुष्ट भए । अपुग ४६ लाख रकम समितिबाटै भएपनि खर्च गरी विजुली बाल्नु पर्छ भन्ने भएपछि ०७६ सालमा नयाँ मेसिन जडान गरी विजुलीको पहुँचमा पु¥याए । ०७७ सालमा नेपाल विद्युत प्राधिकरणको कार्यालय जुम्लामा स्थापना भएपछि विधिवत् रुपमा प्राधिकरणलाई विद्युत हस्तान्तरण गरेको बुढ्थापा जो अहिले सम्मानित भए ।