कर्णालीको कथा समेटिएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा


जुम्ला ः कर्णाली विशेष गरी जुम्लाको पातारासी गाउँपालिका तिर्खु गाउँको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘प्रकाश’को प्रिमियर शो जुम्लाको एक दुर्गम गाउँमा गरिने भएको छ । आगामी शुक्रबार अर्थात भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो जुम्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो ।
झण्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र बैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाँकन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदिप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेका छन् ।
चलचित्र प्रकाश प्रर्दशनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ । चलचित्र निर्माणमा झण्डै २ करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुबेदीले भने, “चलचित्र, भारत, अमेरिका, जापान, अष्टे«लिया लगायतका दर्जनौ देशमा एकैसाथ प्रर्दशन हुदैछ । गित, टेर्लरबाट राम्रो प्रतिक्रिया आएको छ । हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौ ।” साथै अष्टे«लियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणिमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।
आइतबार पत्रकार भेटघाटमा नायक प्रदिप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन थालेको बताए । उनले भने, “अक्सर चलचित्रको वल्र्ड प्रिमियर शो काठमाडौँका महंगा हलहरूमा रेडकार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बीच गर्ने चलन छ । तर जुम्लाकै परिबेश समेटिएको फिल्म भएकोले प्रकाशको वल्र्ड प्रिमियर तिर्खु गाउँको ऋणिमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौ ।”
जुम्लाको एक यूवाले शिक्षक बन्न गरेको संघर्ष, हुदाँ खाने र हुने खाने बीचको भेदभाव, जुम्ली भाषा साहित्य संस्कृति तथा रहन सहनको संरक्षण प्रर्बद्धनको विषयले चलचित्रले जोड दिएको लेखक विकास सुवेदीले बताए । उनका अनुसार जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँमा वल्र्ड प्रिमियर गरिएको हो ।
राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओजेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन, बिम्बात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । साथै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार, धनराज सुनार, पुर्णप्रसाद चौलागाई, राजकली महत लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...