पूर्ण चौलागाईं
जुम्लाका सन्तोष खत्री राष्ट्रिय फुटबल टोलिको प्रारम्भिकमा छनोटमा परेका छन।खत्री फिफा बिश्वकप २०२६ र एएफसी एसियाकप २०२७ को एसिया छनोटका लागि प्रारम्भिक टोलिमा परेका हुन् ।
शुक्रबार राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राष्ट्रिय फुटबल टोलिको प्रारम्भिक टोलिमा तिन खेलाडी थपेका थिए ।जसमा तातोपानी गाउपालिका वडा न.६ का सन्तोष खत्री परेका हुन् ।
फुटबलर खत्री फेन्डस क्वलबमा मिडफिल्डरका रुपमा खेल्दै आएका छन् ।नेपालीको राष्ट्रिय फुटबल टोलिले विश्वकप र एसिया कपको छनोटको प्रारम्भिक चरणमा लाओससंग खेल्नेछ।





हाम्रो कर्णाली । १३ श्रावण २०८०, शनिबार १८:०६