
गुठिचौर गाँउपालिका ४ले वडाबाटै नुन वितरण गरेको छ । गुठिचौर गाँउपालिका वडा नम्वर ४का ८सय ४० घरधुरिलाई नुन वितरण गरिएको गुठिचौर ४का वडाध्यक्ष टिकादत्त न्यौपानेले जानकारि दिनुभयो । वडा कार्यालयबाट नुन वितरण गरेपछि वडावासि खुसी भएका छन् । नुनको अभाव झेल्दै आएका स्थानीय सरकारले स्थानीय तहबाटै नुन पाउन थालेपछि निकै खुसि भएका हुन। टलटलापुर घाम दिनभरि वसेर वेलु भाडा सवै जोडदा नुन भन्दा वढि खर्च हुने गरेको वडा ४ का स्थानिय श्रिचन्द्र अधिकारिले वताउनु भयो । वडा राम्रो काम गरेको प्रशंसा गदै फेरि पनि निरन्तरता दिन उहाँको माग छ । स्थानिय सरकार आएको अनुभुति भएको प िन वताउनु भएको छ । गुठीचौर गाउँपालिकाका ४वडाले प्रतिघरधुरी ३ केजी नुनबितरण गरिएको बताएका छन ।
यता स्थानीयले भेडा र पशु वस्तुका लागि भने ३ केजी नुनले नपुग्ने बताउँछन्। यसका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।वडा कार्यालयका वडा सचिव गोपाल खत्रिका अनुसार २२ क्विन्टल नुन वडाले वितरण गरेको जनाएका छन। जुम्लामा ८ वटा स्थानीय तह र ६०वटा वडा रहेका छन्। हिमा र सिंजा गाउँपालिकाको लागि सिंजाको नराकोट बजारमा डिपो छ, भने कनकासुन्दरी गाउँपालिकाका लागि गोरुचौरमा वितरण केन्द्र राखिएको साल्ट ट्रेडिङ कार्यालय प्रमुख खगेन्द्र मल्लले वताएका छन्।
यस्तै तातोपानी, तिला, चन्दननाथ नगरपालिका, गुठिचौर र पातारासी गाउँपालिकाका उपभोक्ताले जुम्ला जिल्लाको सदरमुकाममा अवस्थित साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयबाट नुन लिँदै आइरहेका थिए।जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उपभोक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हट्ेको बताएका छन। उहाँका अनुसार वडाबाट नुन वितरण गर्दा उपभोक्तालाई सहजिलो भएको प्रजिअ घिमेरेको भनाइ छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले उपभोक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हटाउन वडाबाट नुन वितरण गर्न निर्देशन दिएको बताउनुभयो । गएको असार ३१ गते नुन लिन कार्यालयमा गएर लाइनमा बसेका उपभोक्ताले नुन नपाएको भन्दै ढुङ्गा मुढा गरेर कार्यालय तोडफोड गरेका थिए।




हाम्रो कर्णाली । १२ श्रावण २०८०, शुक्रबार १२:४९