आर्थिक संकटमुक्त गर्न लेखाअधिकृतका सुझाब


जुम्ला ः देश अहिले आर्थिक संकटमा गुज्रिरहेको छ । सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलव, पेन्सनलगायतका सेवा सुविधान प्रदान गर्न नसकिने अवस्थामा पुगेको अर्थविद्हरुको विश्लेषण छ ।
आर्थिक संकटबाट देशलाई मुक्त बनाउनका लागि तातोपानी गाउँपालिका जुम्ला लेखाअधिकृत मिलन बुढ्थापाले सुझाएका छन् । उनले भने दायित्व सिर्जना नभएका सवै पुजिगत योजना रोकौँ । दायित्व सिर्जना नभएका सवै शसर्त अनुदान वन्द गरौँ, कोटेशनवाट हुने खरिद प्रकृया निरुत्साहित गरौँ ।
प्रत्येक राष्ट्र सेवकको एक महिनाको तलव राज्यलाई दान गरौँ, वितरणमुखि अनुदान सवै कटौति गर्नुपर्ने उनले सुझाए ।
योजनाको म्याद थप्ने काम वन्द गरौँ, समयमा काम हुन नसके सम्झौता रद्द गरौँ र फर्मलाई कालो सुचिमा राख्नु पर्ने उनले बताए ।




तपाईको प्रतिक्रिया