तिलाका २०८ जना एकल महिलालाई कम्बल वितरण

जुम्ला ः तिला गाउँपालिका जुम्लाले २०८ जना एकल महिलालाई कम्बल विवरण गरेको छ । उपाध्यक्ष सहायता कार्यक्रम मार्फत तिलाका १–९ वडा भित्रका एकल महिलालाई कम्बल विवरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा एकल महिलाका जनगुनासो सुख्न र उनीहरुको माग अनुसार आउने आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नेका लागि यहाँका ९ वटै वडामा राहत स्वरुप बोकेर गाउँ–गाउँमा पुग्ने गरेको बताए ।

उपाध्यक्ष बुढाले निर्वाचित भएदेखि पालिका भित्रका लक्षितवर्ग अन्तरर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला लगायतका गुनासो सुन्दै एकल महिलाका लागि राहत बोकेर गाउँमा पुगेको बताइन् । पालिका भित्रका ६० वर्षमुनि लक्षित वर्ग भित्र पर्ने एकल महिलालाई कम्बल विवतरण गएको उपाध्यक्ष बुढाले भनिन्, “उपाध्यक्ष सहायत कार्यक्रम अन्तर्गत समुह गठन परिचालन तथा न्यानो कम्बल वितरण कार्यक्रम सुरुवात यो वर्षबाट गरिएको छ ।

९ वटै वडामा समुह गठन समेत भएको छ । अबबाट व्यक्तिगत भन्दा समुहगत रुपमा विशेष ध्यान दिएर उत्पादनमुलक र सीपमुलक तालिमबाट एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि समुह गठन गरिएको हो ।

नागरिकका गुनासा तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नेका लागि यो कार्यक्रम पालिका नौवटै वडामा लागु गरेको उपाध्यक्ष बुढाले बताइन् । उक्त कार्यक्रमका लागि १० लाख बजेट विनियोजित यो वर्षबाट गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर बिष्टले जानकारी दिए ।

एकल महिलालाई यो कार्यक्रमबाट निकै राहत पुगेको तिला गाउँपालिका – ९ का स्थानीयवासी छुमकली थापाले बताइन् । एकल महिलालाई दिनेसेवा सुविधालाई थप मजबुद बनाउनका लागि त्यस्ता कार्यक्रमको आवश्यक रहेको तिला – ६ का स्थानीयवासी गोरीकला रावतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...