
जुम्ला ः चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा एक दिवसीय बाल भेला सम्पन्न गरिएको छ । वडास्तरीय बाल क्लवका पदाधिकारीको उपस्थितिमा तातोपानी र चन्दननामा किर्डाक नेपालको आयोजना र वल्र्डभिजन नेपालको सहयोगमा बाल भेलाको आयोजना गरिएको हो ।
बालअधिकार, बालविवाह न्युनिकरण र बालमैत्री स्थानीय शासनका सुचकका विषयमा बालबालिकालाई जानकारी तथा सचेतीकरण गर्ने उद्देश्यले बाल भेलाको आयोजना गरिएको किर्डाक नेपालका सामाजिक परिचालक उर्मिला बुढाले बताइन् । उनले भनिन् बालमैत्री स्थानीय शासन घोषणा गर्दा ५१ वटा पुरा गर्नुपर्ने सुचकका विषयमा पनि जानकारी गरिएको हो ।
बाल भेलमा बालअधिकार, बालविवाह न्यूनिकरणका विषयमा जानकारी भएको तातोपानी गाउँपालिका – २ का बालक्लव अध्यक्ष गणेश बुढाले बताए । उनले भने विशेष गरी अहिले बालविवाह हुने गरेका छन् । यिनै घटनालाई न्यूनिकरण गर्नका लागि वडास्तरीय बाल क्लवको महत्वपूर्ण भुमिका रहने छ । भविश्यका कर्णधारका रुपमा रहेका बालविवाहका कारणले बालबालिकाको जीवन प्रभावित भएको छ ।

तातोपानी गाउँपालिका स्तरीय बाल भेलाको सचेतीकरण तातोपानी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख तथा बाल संरक्षण अधिकृत शान्ति भक्रीले गरेकी हुन् । तातोपानी बाल भेलामा ३० जना बालबालिकाको सहभागिता रहेको थियो ।
यस्तै चन्दननाथ नगरपालिका स्तरीय बाल भेला सम्पन्न भएको किर्डाक नेपाल जुम्लाका बाल संरक्षक अधिकृत श्रीराम थापाले बताए । उनले भने चन्दननाथका २१ जना बालबालिकाको सहभागिता रहेको थियो । बाल भेलाको सहजीकरण चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखाका बाल कल्याण अधिकृत पुष्पा थापाले गरेकी हुन् ।


हाम्रो कर्णाली । ५ बैशाख २०८०, मंगलवार १९:२३