
पूर्ण चौलागाईं ।
प्रगतिशील लेखन संघ नेपालको प्रथम जुम्ला जिल्ला सम्मेलन सम्पन्न शनिबार सम्पन्न भएको छ। उक्त सम्मेलनले अध्यक्षमा रण बहादुर रावतलाई चयन गरेको छ। रावतको अध्यक्षतामा११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा बिर्ष बहादुर बस्नेत, सचिवमा लोकेन्द्रराज गिरी, कोषाध्यक्षमा मेनका रेग्मी र सहसचिवमा गोर्ख बुढा चयन भएका छन् । सदस्यहरूमा हरि बहादुर बुढा, विक्रम तिरुवा, अशोक न्यौपाने, लक्ष्मीकान्त जैशी र धनबहादुर शाही चयन भएका छन् ।
समाजमा रहेका कुरिती,कुप्रथा,कुसंस्कार ,भ्रष्टाचार ,अनिमियता जस्ता पक्षको अन्त्य गरि साहित्यको माध्यमबाट सभ्य समाज निर्माण गर्न सो समितिले महत्वपूर्ण भुमिका खेल्ने छ।
प्रगतिशील लेखन संघ नेपालका केन्द्रीय परिषद् सदस्य नगेन्द्र प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा जुम्लाका साहित्यकार,लेखक, पत्रकार र राजनीति दलको उपस्थिति रहेको थियो।


हाम्रो कर्णाली । ६ भाद्र २०८३, शनिबार २१:२०