तातोपानी नागरिक समाजको संयोजकमा सागर परियार चयन

पूर्ण चौलागाईं ।
तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजको संयोजकमा पत्रकार सागर परियार चयन भएका छन् । बुधबार भएको सर्वपक्षीय भेलाले परियारलाई संयोजक चयन गरेको हो। परियारको संयोजकत्वमा हरेक क्षेत्रको प्रतिनिधित्व रहेको १९ सदस्यीय समाज गठन भएको छ। यस अघि उक्त समाजको संयोजकमा प्रेम अधिकारी थिए ।
सहयात्रा तेर्सो परियोजनाको सहजीकरण र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा तातोपानीमा पालिका स्तरीय नागरिक समाजको गठन भएको सहयात्रा तेर्सो परियोजना अधिकृत प्रकाश शाहीले बताए । कुरिती,कुसंस्कार , बेथिति जस्ता पक्षमा खबदारी गर्न सो समाज गठन गरिएको अधिकृत शाहिको भनाइ छ।
पालिकाको समग्र बिकासमा आवश्यक सल्लाह ,सुझाव दिई सार्वजनिक सरोकारको विषयमा वकालत गर्ने संयोजक परियारले बताए ।

तपाईको प्रतिक्रिया