गम्भीर घाइते निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरद्रारा उद्दार

पूर्ण चौलागाईं ।
बिहीबार जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकप्टरद्रारा नेपालगन्ज लगिएको छ।दुर्घटनाबाट गम्भीर घाइते हिमा -२ का धमेन्द्र राेकायालाई हेलिकप्टरद्रारा नेपालगन्ज लगिएको हो। मौसम प्रतिकुलको कारण सुर्खेतमा अवरण गरि एम्बुलेन्समार्फत नेपालगन्ज लिदै गरेको नेपाली सेनाले बताएको छ।
साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गरिरहेका गुठिचौर-४ निवासी ७० वर्षका रत्न सार्किलाई थप उपचारको लाई सोही हेलिकप्टरद्रारा उद्दार गरिएको छ।
उक्त दुर्घटनामा परि ७ जना घाइते भएका छन् ।घाइते सबैलाई सुरक्षा निकायले तत्काल उद्दार गरेको थियो।




तपाईको प्रतिक्रिया