एमाले जुम्लाको चुनावी बाचा पत्र सार्वजनिक

पदम शाही ।
नेकपा एमाले जुम्लाले स्थानीय चुनावी बाचापत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा एमालेले चुनावी बाचा पत्र घोषणा गरेको हो ।
पत्रकार भेटघाट गरी जुम्लाका १० वटा उम्मेदवार मध्य पहिलो दलका रुपमा एमालले चुनावी बाचा पत्र सार्वजनिक गरेको छ ।
उक्त बाचापत्रमा जुम्लाको सडक, पूर्वाधार विकास, कृषि उत्पादन बृद्वि,पर्यटन प्रर्बद्वन देखि सिंजामा स्याटलाईट अस्पताल, तथा २० मेगावाट विधुत उत्पादनलाई प्रथामिकता दिईएको छ ।
मुख्य राजमार्गमा जोडिएका आठै पालिकाका ग्रामिण सडकलाई स्तरोन्नती गरी कालोपत्रे गरिने, कर्णाली राजमार्गलाई दुईलेनको निर्माण गरी भरपर्दो बनाईने, पातारासी डोल्पो,नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गरिने, जुम्ला, डोल्पा मनाङ मुस्ताङ सडकलाई सम्पन्न गरिने, छिन्चु,जाजरको-ईमिच्छा-टोप्ला जुम्ला सडकलाई सम्पन्न गरिने लगायतका सडक पूर्वाधारलाई प्रथामिकता दिईएको छ ।
कृषि क्षेत्र तर्फ उत्पादन बृद्वि, बजारीकरण, एक पालिका एक संकलन केन्द्र लगायत पक्षलाई जोड दिईएको छ । भने सिजा क्षेत्रमा स्याटेलाईट अस्पताल निर्माणलाई प्रथामिकतामा राखिएको छ ।
त्यसैगरी विधुत विकास तर्फ ´जुम्लाको पानी,राज्यको लगानी` भन्ने नाराका साथ गिडिदह क्षेत्रबाट बग्ने जलाधार।क्षेत्रबाट झण्डै २० मेगावाट विधुत उत्पादन गरिने उल्लेख गरिएको छ ।
नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले धेरै महोत्वकाँक्षी योजना भन्दा कार्यान्वयन हुने र स्रोत साधनले भ्याउने योजनालाई प्रथामिकता दिईएको बताए । उनका अनुसार जुम्लाको विकास र समृद्वीका लागि स्वास्थ्य र शिक्षामा सुधार, रोजगारी सृजना पर्यटन प्रर्बद्वनमा जोड दिईने छ ।

तपाईको प्रतिक्रिया