जुम्लाका तीन पालिकामा द्रुत गतिको ईन्टरनेट सेवा बिस्तार गरिने

पूर्ण चौलागाईं जुम्ला।
जुम्लाका तीन पालिकामा द्रुत गतिको ईन्टरनेट सेवा बिस्तार गरिने भएको छ। तातोपानी ,गुठिचौर र कनकासुन्दरी गाउँपालिकामा नेपाल टेलिकमले द्रुत गतिको ईन्टरनेट सहित िटृपल प्ले सेवा (एउटै तार बाट टेलीफोन ,ईन्टरनेट र टिलिभिजन ) संचालन गर्ने गरि नेटवर्क बिस्तारको काम भैरहेको नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख ईन्जिनियर नरहरी नेपालले बताए । जुम्लाका दुर्गम बस्तिकाका नागरिकलाई सूचना र प्रबिधिको पहुँचमा ल्याउन सो सेवा बिस्तार गर्न थालीएको हो।
नेपाल सरकारले सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरले जोडि सुचना महामार्गमा पहुँच पुर्याउने लक्ष्य लिएको र सो लक्ष्य पूरा गर्न जुम्ला र मुगु जिल्लामा सेवा बिस्तार गरि डिजिटल कर्णाली अभियान सफल पारिने नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख नेपालको भनाइ छ।
चन्दननाथ नगरपालिका भित्रका १२ सय ग्राहक उक्त सेवाको पहुँचमा आइसकेको र जुम्लाका बाकी पालिकामा क्रमशः सो सेवा बिस्तार गरिने भएको छ।




तपाईको प्रतिक्रिया