
पूर्ण चौलागाईं ।
जुम्ला बजारमा जात्रा लक्षित संयुक्त गरिएको छ। जुम्ला बजारमा सन्चालन गरिएका मिठाई र खाजाघरकाे अनुगमन गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको आयाेजनामा गरिएको बजार अनुगमनमा एघार वटा मिठाई पसल र खाजाघरकाे अनुगमन गरिएको छ। विशेषगरी मिठाई पसल र खाजाघरकाे स्वच्छताकाे मापन गरिएको कार्यालय प्रमुख प्रक्षा न्याैपानेले बताइन् । जात्रामा मिठाई पसल तथा खाजाघरलाई विशेष अनुगमन गरिएको छ। खाद्यान्नको गुणस्तर,तेलकाे मापन मिठाईमा प्रयाेग गरिने विभिन्न प्रकार रङ्गकाे समेत अनुगमन गरिएको छ । बजार अनुगमन क्रममा खाजारमा देखिएको फाेहाेर लाई सफा स्वच्छ बनाउन निर्देशन दिएको छ। मिठाई र खाजाघरमा गुणस्तरहीन उत्पादन भएको पुकुल्ली खाजाकाे तेल नष्ट गरिएको कार्यालय प्रमुख न्याैपानेकाे भनाइ छ।
अधिकांश पसल दर्ता विनै संचालन
जुम्ला बजारमा अधिकांश पसल दर्ता बिनै संचालन भइरहेका छन् । दर्ता नभए संचालनमा आएका मिठाई पसल र खाजाघर लाई सातदिन भित्र दर्ता गर्ने निर्देशन दिएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर्मचारी सुनीता खत्रीले बताइन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाकाे नेतृत्वमा उद्योग उपभोक्ता हित संरक्षण कार्यालय , चन्दननाथ नगरपालिका, जिल्ला प्रशासनकाे कार्यालय र नेपाल पत्रकार महासंघ लगायत जिल्लाका सराेकारवालाहरुले संयुक्त रुपमा अनुगमन गरेको थियोे ।




हाम्रो कर्णाली । २८ श्रावण २०८२, बुधबार १६:१९