
पूर्ण चौलागाईं ।
नेकपा माओवादी केन्द्र जुम्लाले सन्चालन गरेको सुशासन सहजीकरण विशेष सप्ताह आज सम्पन्न भएको छ। जुम्लाका सरकारी कार्यालय र ८ वटै स्थानीय तह चन्दननाथ नगरपालिका , तातोपानी , तिला,हिमा,सिन्जा, कनकासुन्दरी , पातारासी र गुठिचौरमा सन्चालन गरिएको उक्त सप्ताह सम्पन्न भएको हो।
नागरिकका गुनासा,उजुरी ,सुझाव ग्रहण गरि समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गर्ने हेतुले सो सप्ताहको सुरुवात गरिएको थियोे । हप्ताभरी गरिएका कामहरूको सार्वजनिक गरि आज सो सप्ताह सम्पन्न गरिएको छ।





हाम्रो कर्णाली । २५ असार २०८२, बुधबार १८:०९