मोबाइल व्यवसायिक महासंघको प्रशासनलाई ध्यानाकर्षण पत्र

पूर्ण चौलागाईँ।
नेपाल मोबाइल व्यवसायिक महासंघ जिल्ला कार्यसमिति जुम्लाले प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मोबाइल व्यवसायको सुरक्षार्थ सरोकारवालाको ध्यान केन्द्रीत गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएको नेपाल मोबाइल व्यवसायिक महासंघ जुम्लाका अध्यक्ष बालकृष्ण बुढाले बताए। व्यवसायका समस्याहरू समाधान गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र मार्फत ध्यान केन्द्रीत गराएको अध्यक्ष बुढाको भनाई रहेको छ।
पुरानो मोबाइल फोन खरिद बिक्री प्रक्रियाको सरलीकरण,मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा र एक पटक बिग्रेको मोबाइल फोन फेरि मर्मत गरी खरिद बिक्रीको अनुमति लगायतका व्यवसायका समस्याहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्र




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...