पातारासीमा महिलाको पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको पातारासीमा महिलाको पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पातारासीको १ र २ वडामा सो शिविर भएको हो। उक्त शिविरमा दुई वडाका १ सय ३० जना महिलाको उपचार गरिएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए। १० जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा रिफर गरिएको कार्यकारी निर्देशक खत्रीको भनाई छ।
सेमी फाउन्डेसनको सहयोग र सर्वोदय नेपालको सहागिकरण उक्त शिविर भएको थियो। महिला शसक्तिकरण सम्बन्धी सर्वोदय नेपालले लामो समयदेखि जुम्ला जिल्लामा काम गर्दै आएको छ।




तपाईको प्रतिक्रिया