




पूर्ण चौलागाईँ।
चन्दननाथ नगरपालिकामा माघ २७ देखि २९ गतेसम्म एचपिभि खोप सञ्चालन हुने भएको छ।
एचपीभि खाेप अभियानका विषयमा चन्दननाथ नगरपालिकामा सराेकारवाला र सञ्चारक्षेत्र सँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे हो । चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ४४ जना किशाेरीलाई पाठेघर मुखकाे क्यान्सर विरुद्द एचपीभि खाेप लगाईने चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महतले बताए।
कक्षा ६ देखि १० सम्म अध्ययनगर्ने १० देखि१४ वर्षका विद्यालय बाहिर रहेका र विद्यालय पहुँचमा रहेका गरि १८ सय ४४ जनालाई खाेप लगाउने लक्ष्य राखिएकाे स्वास्थ्य निरिक्षक महतको भनाई छ।
खाेप अभियान संचालनका लागि नगरपालिका भित्र १५ वटा खाेप केन्द्र संचालन गरिने भएकाे छ ।
१० वटा वडा रहेकाे चन्दननाथ नगरपालिका वडा नं. १ का ७२, वडा नं २ का १३२,वडा नं २ र ४ का ११ सय ३७,वडा नं ७ मा ३७२, वडा नं. ८ का १२७, वडा नं ९ का ४२ र वडा नं १० का ८९ जना किशाेरीलाई एचपीभि खाेप लगाइने भएकाे छ ।
चन्दननाथका मेयर राजुसिंह कठायतले एचपीभि खाेप अभियानलाइ प्रभावकारी बनाउन नगरका सबै संयन्त्र जिम्मेवार भएर लाग्नु पर्ने बताए । अभियानबाट काेहि नछुट्ने काेहि नदाेहाेरिने गरि खाेप अभियान संचालन गरिनु पर्ने मेयर कठायतको भनाई रहेको छ।






