ताताेपानी-४ काे चाक्लीधारा सामुदायीक वनमा आगाे नियन्त्रण बाहिर

पूर्ण चौलागाईँ

जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ४ काे चाक्लीधारा सामुदायीक वनमा आगलागी भएकाे छ । वडा नं ४ स्थित पाण्डेबाडा र नियापानी गाउँकाे बीचमा पर्ने ‘चाक्लिधारा राष्टि्य वन’ क्षेत्रमा भिषण आगलागि भएकाे हाे ।
आईतबार दिउँसाे ३:१५ बजे अज्ञात व्यक्तिद्वारा भएकाे आगलागी निभाउन स्थानीय नागरिक परिचालन भएपनि आगाे नियन्त्रण बाहिर रहेकाे ताताेपानी गाउँपालिका वडा नं ४ का अध्यक्ष अमर बहादुर राेकायाले बताए ।
उनले भने,’दुई गाउँकाे बीचमा पर्ने राष्टि्य वनमा आगलागी भएकाे छ । स्थानीय परिचालन भएपनि नियन्त्रण बाहिर छ । हावाहुरी लागेकाेले आगाे नियन्त्रण गर्न मुस्किल भएकाे छ । आगाे निभाउनका लागि सबै सुरक्षा निकायसंग सहयाेग मागेका छाै ।’
आगाे तत्काल नियन्त्रणमा ल्याउन नसकेकाे अवस्थामा आगलागी भैरहेकाे बन क्षेत्र वरपरका गाउँहरु पाण्डेवाडा र नियापानी गाउँलाई क्षति हुने स्थिति छ ।
शसस्त्र प्रहरी बलका प्रमुख एसपि लाल बहादुर शाहीले आगाे नियन्त्रणका लागि प्रहरी सहायक निरिक्षककाे कमाण्डमा २१ जनाकाे टाेली आगलागी स्थानतर्फ गएकाे बताए ।

तपाईको प्रतिक्रिया