प्याब्सन जुम्लाको अध्यक्षमा टासी दोण्डुप लामा चयन

पूर्ण चौलागाईँ।
निजि तथा आवसिय विद्यालय (प्याब्सन) जुम्लाको अध्यक्षमा टासी दोण्डुप लामा चयन भएका छन्। बोधि स्कुलका संचालक लामा सर्वसहमतिबाट दोर्सो कार्यकालको लागि फेरि चयन भएका हुन् । छैटौं जिल्ला अधिवेशनबाट लामा अध्यक्षमा चयन हुनु भएको हो ।
त्यस्तै उपाध्यक्षमा ड्रिम माउन्टेन स्कुलका रतन वहादुर बुढा, सचिवमा जयरत्न कर्णाली बोर्डिङ्ग स्कुलका कल्याण थापा, सहसचिवमा हिमालि बोर्डिङ्ग स्कुलका मानवहादुर महत, कोषाध्यक्षमा चन्दननाथ बोर्डिङ्ग स्कुलका रवि प्रसाद उपाध्याय लगायत १० सदस्यीय प्याब्सन जुम्लाको कार्यसमिति चयन गरिएको छ ।
जिल्ला अधिवेशनम बोल्दै पुस्तक तथा स्टेशनरि व्यवसायि महासंघका केन्द्रीय सदस्य गणेश रोकायाले निजि विद्यालयको शुल्कमा एक रूपता कायम हुनु पर्ने बताए। गुणस्तरीय शिक्षाका सवालमा निजि विद्यालयले खेलेको भूमिकालाई नजर अन्दाज गरिएको उहाँको भनाइ छ ।
निजि विद्यालयले गरेको कामका विषयमा सरकारी निकायबाट अनुगमन हुनु पर्ने रोकायाले बताउनु भयो । विगतमा सामुदायिक विद्यालयबाटै मात्रै इमिस भर्ने गरिएकोमा हाल संस्थागत विद्यालयबाट पनि इमिस भर्ने व्यवस्था भएको उहाँले बताउनु भयो । प्याब्सन जुम्लाका अध्यक्ष टाशी दोण्डुप लामाले सामुदायिक विद्यालयले बोर्डिङ्ग चलाई रहेको आरोप लगाउनु भयो ।
सामुदायिक विद्यालयको हाताभित्र विभेदकारी शिक्षा बालबालिकालाई प्रदान गरिएको उहाँको भनाइ छ । निजि विद्यालयको सिको गर्दै अंग्रेजि माध्यमबाट सामुदायिक विद्यालयले पठनपाठन गर्दै आएको लामाले बताउनु भयो । अंग्रेजि भाषामा विद्यार्थीले पढ्न पाउनु राम्रो हो तर, सामुदायिक विद्यालयले शुल्क लिनु गलत भएको उहाँले जानकारी गराउनु भयो ।
प्राथमिक तहमा सामुदायिक भन्दा निजि विद्यालयमा विद्यार्थी बढी भएकाले सरकारी तवरबाट निजि विद्यालयलाई वेवास्ता गरिएको उहाँको भनाइ छ । यस्तै शिक्षा विकास तथा समन्वय ईकाइ जुम्लाका खेमराज पन्तले शिक्षा क्षेत्रमा निजि विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
प्याब्सन जुम्लाले संस्थागत विद्यालयको हितका लागि काम गर्न सक्नु पर्ने उहाँको भनाइ छ । पन्तका अनुसार, निजि विद्यालयले शैक्षिक विकासका लागि खेलेको भूमिकालाई राज्यको नीतिमा समावेश गर्नु पर्ने बताउनु भयो ।




तपाईको प्रतिक्रिया