पूर्ण चौलागाईँ।
जुम्लाको तिला गाउँपालिकालाई जिल्लाको सातौं साक्षर पालिका घाेषणा गरिएको छ। आज एक समारोहका बीच साक्षर पालिका घाेषणा गरिएको हो।
आज एक समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले तिलालाई साक्षर घाेषणा गरे । तिला गाउँपालिकाका ९५.४ प्रतिशत नागरिक साक्षर भएका छन् । पालिकाका ९ वटै वडाका सबै गाउँ गाउँमा पुगेर गरिएकाे घरधुरी सर्वेक्षण, पछि पालिकालाई साक्षर घाेषणा गरिएकाे तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्।
साक्षर घाेषणाका लागि ताेकिएका १२ वटा सूचक मध्य ८० प्रतिशतभन्दा बढी उपलब्धी हासिल भएकाे शिक्षा शाखा प्रमुख झनमाया खत्रीले बताईन् ।
आफ्नाे नाम लेख्न सक्ने,घडि हेर्नसक्ने,माेबाईल चलाउन सक्ने,क्यालेण्डर हेर्न सक्ने,ट्राफिक नियम पालना गर्न सक्नेर एकदेखि १० सम्म गन्न सक्ने लगायतका १२ वटा सूचकमध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घाेषणा गर्न मिल्ने कानुनी प्रावधान छ ।
कूल जनसंख्याकाे ९५.४ प्रतिशत नागरिक साक्षर भएकाे सुनिश्चित भएपछि साक्षर पालिका घाेषणा गरिएकाे तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले जानकारी दिए ।
तिला गाउँपलिका अध्यक्ष मोतिलाल रोकायाले समय विकास क्रमसंगै गाउँ घरमा चेतनाको विकास भएपछि साक्षर घोषणा सम्भव भएको बताए ।