तातोपानी साक्षर पालिका घाेषणा

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाको तातोपानी गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे छ ।
`बहुभाषिक शिक्षाकाे प्रवर्धन,पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता´ भन्ने मुल नारासहित पालिकालाई साक्षर गाउँपालिका घाेषणा गरिएकाे तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए। जिल्लाका आठ पालिकामध्ये साक्षर घाेषणा भएकाे तातोपानी छैटाै स्थानीय तह रहेको अध्यक्ष चौलागाईको भनाइ छ।
घरधुरी सर्वेक्षण-२०८१ अनुसार ताताेपानी गाउँपालिका ८ वटै वडाका तीन हजार पाँच सय ३० वटा घरधुरी साक्षर रहेका छन् ।  जसमा १५ वर्षदेखि ६० वर्षमुनिका नागरिकमा गरिएकाे सर्वेक्षणनुसार कूल ११ हजार ३ सय ३६ जना नागरिक साक्षर रहेका छन् । भने तथ्यांकनुसार ताताेपानीमा अझै ५ सय ९ जना नागरिक निरक्षर रहेका छन् ।


सर्वेक्षण  अनुसार  कूल जनसंख्याकाे ९५.७७ प्रतिशत  नागरिक साक्षर रहेकाे सुनिश्चित भएपछि ताताेपानी गाउँपालिकालाई साक्षर घाेषणा गरिएकाे प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए । उनका अनुसार निरक्षर नागरिकलाई साक्षर बनाउन पालिकाले विशेष प्रथामिकताका कार्यक्रम संचालन गरिने छ ।
साक्षर घाेषणाको लागि विभिन्न मापदण्ड पूरा भई पालिकालाई साक्षर घोषणा गरिएको पालिका उपाध्यक्ष रेवती रावलले बताइन्।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...