


विजय रावत,
जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नेका लागि विद्यालयमा कोचिङ सेन्टर संचालनमा ल्याएको छ । उक्त पालिकाका आठवटा सामुदायिक विद्यालयका कक्ष ८,९ र १० का विद्यार्थीलाई विहानको समयमा कोचिङ सेन्टर संचालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।
पालिकाले विशेषरी कक्ष ८,९ र १० का विद्यार्थीलाई कोचिङ सेन्टर कलास संचालनमा ल्याएकाे छ। यो वर्षको एसईईको नतिजा तिलाको कुनै पनि विद्यालयको राम्रो आएको छैन । विद्यार्थीको थप अध्ययन र अगामी वर्षमाहुने एसईईको परिक्षामा तिलाले नतिजा राम्रो ल्याउनका लागि कोचिङ सेन्टर संचालनमा ल्याएका छौ । गाउँपालिका उपाध्यक्ष बुढाले भन्नुभयो,“ उपाध्यक्ष कोष कार्यक्रमबाट २१ लाख बजेट कोचिङ सेन्टरका लागि विनियोजन गरेको छु ।


निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापनदेखी,ट्युसन, कोचिङ जस्ता कार्यक्रमलाई विशेष महत्व दिएर काम भइरहेको छ । ” स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रबिधिको संरक्षण, प्रवद्र्धन र स्तरीयकरणमा पालिका लागि परेको तिला गाउँपालिका उपाध्यक्ष बुढाले जानकारी दिननुभयो ।
सामुदायिक विद्यालयलाईदिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमनदेखी शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास अतिरिक्त शैक्षिक क्रियाकलाप संचालनजस्ता नीतिलाई पालिकलो प्रथामिकतासाथ हेरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।
सिकाइ सुधारको निरन्तर अभियानलाई कायम राखी विद्यार्थीका बिभिन्न सिकाइ क्षमताको विकास गर्नेका लागि विद्यालयमा सिकाइ सुधार अभियान निरन्तर रुपमा संचालन गरी न्यूनतम सिकाइ उपलब्धी हासिल गर्ने कोचिङ सेन्टरले निकै राहत दिएको तिला गाउँपालिका– १ मा रहेको सीता माध्यमिक विद्यालयका विद्यार्थी बताउँछन् ।



