दलित समुदायविहीन बन्यो ओली मन्त्रिपरिषद्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराउनु भएको छ । सोमबार बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ भएको हो ।ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।

मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थिति विहीन भएका छन् ।यसअघि नेपाली कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र एमालेबाट सचिव छविलाल विश्वकर्मा मन्त्री बन्ने सूचीमा हुनुहुन्थ्यो । तर, आज बिहान दुवैको नाम मन्त्री बन्ने सूचीमा परेन ।

एमालेका विश्वकर्मा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एकमात्र सांसद हुनु हो ।
नव गठित सरकारको २२ सदस्यीय मन्त्रिपरिषदमा २ जना महिला मन्त्री नियुक्त हुनुभएको छ । कांग्रेसबाट आरजु राणा देउवा परराष्ट्र र एमालेबाट विद्या भट्टराई शिक्षा मन्त्री नियुक्त हुनु भएको छ । राणा समानुपातिक सांसद हुनु हो भने भट्टराई प्रत्यक्ष निर्वाचित हुनु हो




तपाईको प्रतिक्रिया