जुम्लाका स्थानीय तहको आन्तरिक आम्दानी न्यून

 


जुम्ला । जुम्लाको एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत न्यून रहेको पाएको छ । महालेखापरीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार यहाँका स्थानीय सरकारको आम्दानी न्यून देखिएको हो ।
जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९।०८० मा वार्षिक आय रु २ करोड ५० लाख आन्तरिक आम्दानीहुने अनुमान गरेमा नगरपालिकाले १ करोड २० लाख ६० हजार मात्र आन्तरिक आम्दानी गरेको महालेखापरीक्षकको प्रतिदेनमा उल्लेख गरिएको छ ।
नगरपालिकाले उठाएको विभिन्न शीर्षक अन्तर्गत कर दस्तुर,सेवा शुल्क,व्यवसाय,सवारी,एकीकृत सम्पत्ति,घर जग्गा वहाल र नक्सा पास करबाट सो आन्तरिक आम्दानीको आय संकलन भएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।
जिल्लाको तिला गाउँपालिकाले १८ लाख ९० हजार आन्तरिक आम्दानी गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनु पर्ने व्यवस्था रहेपनि तिलाले कुनै पनि कर संकलन गर्न नसकेको महालेखापरीक्षकको प्रतिदेनमा सार्वजनिक गरिएको छ ।
यसैगरी, सिंजा गाउँपालिकाले गत आर्थिक वर्षमा १३ लाख ४१ हजार आम्दानी गरेको छ । तातोपानी गाउँपालिकाले पेस गरेको आय व्यायकोे अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर सेवा,शुल्क दस्तुर वापत अनुमानित २० लाख प्राप्तहुुने प्रक्षेपमा गरेमा सोही आवमा ३० लाख ९९ हजार अर्थात् अनुमान भन्दा ५४ दशमलव ९९ प्रतिशत बढी आन्तरिक आय उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले जानकारी दिनुभयो ।
गुठीचौर गाउँपालिकाले १८ लाख ६६ हजार आन्तरिक आम्दानी गरेको छ । हिमा गाउँपालिकाको १६ लाख ५४ हजार र कनकासुन्दरी गाउँपालिकाले १८ लाख २५ हजार आन्तरिक आम्दानी गरेको महालेखापरीक्षकको प्रतिदेनमा जनाएको छ ।
स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था भएपनि जिल्लाका स्थानीय तहले आन्तरिक आय स्रोत संकलनमा कुनै चासो नदिएको तिला गाउँपालिका स्थानीयवासि नर रोकायाको भनाइ छ । आन्तरिक आम्दानी कमजोरहुँदा स्थानीय सरकार सङ्घ र प्रदेश सरकारको अनुदानको भरमा संचालन भइरहेका छन् । विजय रावत



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...