सामाजिक क्षेत्रदेखी दिगो विकासमा पेश नेपालको सशक्त काम

 

जुम्ला । पेस नेपाल जुम्लाले यहाँको सामाजिक क्षेत्रको शसक्तिकरणदेखि संस्थागत विकास र दिगो विकासमा उल्लेखीय काम गर्दै आएको छ । जुम्लामा सन् २००६ मा दर्ता भई संचालनमा रहेको गैरनाफामुलक गैर सरकारी संस्था पेश नेपालले शसक्तिकरणदेखि दिगो विकासमा काम गर्दै आएको छ ।
कृषि, जलवायु अनुकुलन, खानेपानी, विपद व्यवस्थापन, मर्यादित महिनावारी लगायतका विभिन्न क्षेत्रको विकास गरि समुदायको सशक्तिकरण र दिगो विकासमा जोड दिएको छ । करिब दुई दशक लामो यात्रामा पेश नेपालका विभिन्न परियोजनाहरु जुम्ला सहित मुगु र कालिकोटका ३२ वटा वडाहरुमा काम गर्दै आएको पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिनुभयोा ।
शुक्रबार जिल्ला स्थित पत्रकारहरुसंगको अन्तरक्रिया गर्दै पेश नेपाल जुम्लाका कार्यकारी निर्देशक न्यौपानेले भन्नुभयो,“विभिन्न दातृ निकायको सहयोगमा जुम्ला,कालिकोट र मुगुमा सात वटा परियोजना संचालित रहेकाछन् । समाजमा विद्यमान हानिकारक अभ्यासहरु थुप्रैरहेका छन् । जसमा मिडियाहरुको महत्वपुर्ण भुमिका छ । ” पेस नेपालले गरेका नमुना अभ्यासहरुलाई संस्थागत गर्न र पालिकाहरुको ध्यानकर्षण गराउन जरुरी रहेको पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक न्यौपानेको भनाइ छ ।
पेस नेपालले जलवायु परिवर्तन, विपद न्युनिकरण, खानेपानी विकास तथा सरसफाई, बाल संरक्षण, संस्थागत विकास लगायतका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । पछिल्लो समयमा बढ्दो जलवायू समस्याबाट अनूकुलितका कार्यक्रम,भुकम्पीय जोखिम तथा विपद् पूर्वतयारीका कार्यक्रम समेत संचालन भईरहेका छन् । पूर्वाधार विकास अन्तर्गत सामुदायिक जिद्यालयका कक्षा कोठादेखि भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गरिएको छ ।
सिंजा क्षेत्रका तीन पालिकामा पाँचवटा भुकम्प प्रतिरोधि विद्यालय भवन निर्माण गरिएको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिनुभयो । पेस नेपाल जुम्लाको आयोजना परम्परागत हानिकारक अभ्यासहरुको न्युनिकरणका लागि संचारमाध्यमको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । समाजमा विद्यमान कुरिति न्युनिकरणदेखि संस्था तथा सरकारले गरेका नमुना अभ्यासको निरन्तरता दिगोपनामा जोड दिन जरुरी रहेको पत्रकारले जिज्ञास राखेका थियो । विजय रावत



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...