


जुम्ला। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । तिला पूर्ण खोप सुनिश्चितता घोषणा भएको याे बर्ष जिल्लाकै पहिलो पालिका बनेको छ। जिल्लामा एक नगरपालिका सहित सात गाउँपालिका छन् ।स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको गाउँपालिका अध्यक्ष माेतिलाल राेकायाले जानकारी दिनुभयो ।
हरेक आर्थिक वर्ष खाेप उमेर समुहका बालबालिकाले पुर्ण खाेप लगाए नलगाएकाे अनिवार्य सुनिश्चितता गर्नुपर्ने कार्यक्रम रहेकाे छ। जन्मेदेखि १५ महिना उमेर समुहका ३९० जना र १६ देखि ५ वर्षका ९२७ जना बालबालिकाले पुर्ण खाेप लगाएपछि पालिकालाई बिहीबार खाेप सुनिश्चितता घाेषणा गरिएकाे तिला गाउँपालिका खाेप फाेकल प्रसन उत्तम देवकाेटाले जानकारी दिनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले नाैवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको स्वास्थ्य शाखाका प्रमुख हर्क रावतकाे भनाइ छ। तिलाका ९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको पालिकाकाे स्वास्थ्य शाखाले जनाएको छ।


गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका सदस्य नरविर सुनार, गाउँपालिकाका अध्यक्ष राेकाया, वडाध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख र पत्रकार लगायतकाे सहभागी थियो । विजय रावत






