
जुम्ला। नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका जुम्लाको तिला गाउँपालिका वडा नम्बर १ र ७ का वडाध्यक्षले आफु निर्वाचित भएको दुई बर्षकाे अवधिमा वडापालिकाले गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् ।
वडाले गरेकाे विकास निर्माणका कामलाई जनतासम्म पुर्याउन लागि र पालिकाबाट विनियोजन भएको बजेटकाे सार्वजनिक गर्नेका लागि पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै तिला-१ का काबाध्यक्ष हस्तविर दमाईले भन्नुभयो ,” आब २०७९-८०मा ४४ लाख ४४ हजार बजेट वडामा आएकाे थियो । साे बजेटबाट ८ वटा याेजना सम्पन्न भएका छन् । साे आबमा कार्यान्वयनमा आएका याेजनाहर घाट बाटो निर्माण,आधारभुत स्वास्थ्य भवनको घेरबार,रारा बस्ती मर्मत तथा व्यवस्थापन,दहचाैर धर्मशाला निर्माण, ग्रामीण सडक स्तर उन्नति,लिफ्ट एरिकेशन मर्मत,वडा कार्यालय व्यवस्थापन र रारागाउँ हिलो मुक्त गाउँ भएको वडाध्यक्ष दमाईले जानकारी दिनुभयो । ”
आब २०८०-८१ मा पालिकाबाट २३ लाख बजेट वडामा आएकाे छ। उक्तबजेटबाट मष्टमाडु मन्दिर निर्माण तथा बाटो मर्मतका लागि ७ लाख ४० हजार, धनपाल्तीदेखि बाइथाफ्लासम्म सडक स्तरवृद्धका लागि १५ लाख बजेट विनियोजन भएको छ। वडा कार्यालयकाे व्यवस्थापनका लागि १ लाख ५० हजार बजेट छुट्टयाएको वडाध्यक्ष दमाईकाे भनाइ छ। सामाजिक क्षेत्रकाे विकासका लागि सचेतनाका कार्यक्रम समेत संचालन गरिने वडा सचिव मिमकाेशा राेकायाले जानकारी दिनुभयो ।
वडाध्यक्ष राेकायाकाे दुई बर्षकाे कार्यप्रगति सार्वजनिक :
तिला-७ का वडाध्यक्ष खम्विलाल राेकायाले आफु निर्वाचित भएको दुई बर्षकाे अवधिमा गरेका कार्यप्रगति र विकास निर्माणका कामलाई सार्वजनिक गर्दे भन्नुभयो ,” आब २०७९-८० मा पालिकाबाट २ करोड ३८ हजार बजेट विनियोजन भएको थियो । साे बजेटबाट १६ वटा याेजना सम्पन्न भएका छन् ।
आब २०८०-८१ मा पालिकाबाट २३ लाख बजेट आएकाे छ । विकास निर्माणका याेजना र विभिन्न सामाजिक क्षेत्रका लागि बजेट छुट्टयाइएको वडाध्यक्ष राेकायाले जानकारी दिनुभयो । जनताको माग अनुसार वडामा बजेट विनियोजित भएको वडा सचिव तुल बुढाकाे भनाइ छ।विजय रावत

हाम्रो कर्णाली । ३ बैशाख २०८१, सोमबार १४:०३