जुम्ला । जुम्लामा पञ्चायत बुढ्थापाको जेलमा लेखिएको परिमल गिति नाटक प्रतिज्ञाको एक कार्यक्रम बिच विमोचन गरिएको छ । वि.सं.२०३८ सालमा लेखिएको गिति नाटक प्रतिज्ञाको तेस्रो प्रकाशन विमोचन भएको हो । सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायाधीश कैलाश गुरुङ, जिसस प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ बर्षिय रामकृष्ण बुढ्थापाद्धारा लिखित नाटकको विमोचन गरिएको छ ।
तत्कालिन समयमा पञ्चायतले आफुलाई जेलहालेपछि प्रतिज्ञा नाटकको जन्म भएको लेखक बुढ्थापाले जानकारी दिनुभयो । गरिवी विरुद्ध जागरण दिने र पञ्चायत विरुद्धमा लेखिएको प्रतिज्ञा नाटका कारण आफुलाई पटक पटक जेल हालिएको थियो । वि.सं २०३८ साल असोज महिनामा पक्राउ गरि नौ महिना कारागर चलान गरिएको लेखक बुढ्थापाले जानकारी दिनुभयो ।
जेलभित्र लेखिएको नाटकमा मुख्य पात्र श्रीमान चैते, श्रीमति वैशाखी र छोरा गोपाल हुन्छन । श्रीमान चैते साहुँको काम गरिरहेपनि छोराको उपचारमा आर्थिक सहयोग नहुदा जिल्ला प्रशासन कार्यालयमा जाँदा पनि न्याय पाउदैनन र उपचार नभएपछि छोरा गोपालको निधन हुन्छ । यसरी उपचार नपाएर छोराको निधन हुनु तर आर्थिक बटुलिरहेका समाजमा धनि व्यक्तिले भारी वोकेर श्रमको मुल्य समेत नदिनु समाजको चित्र देखाउनेसो नाटकले कर्णालीको तत्कालिन समयको गरिबिको झल्को पनि दिने गरेको छ ।
पञ्चायतमा जेलभित्र लेखिएको नाटक वि.सं २०४९ आश्विनमा पहिलो सस्कारण, २०५२ साउनमा दोस्रो सस्करण प्रकाशन भएको थियो । तर त्यो प्रकाशन नपाईएपछि नाटकका कलाकार तथा पाटकहरुको मागमा तेस्रो प्रकाशन गर्नु परेको लेखक बुढ्थापाको भनाइ छ । विमोचन कार्यक्रममा गिति नाटक गरिविको चक्र हटाउने सचेतना दिने रहेको सुझाव दिएका छन् ।
सुर्खेत जुम्ला उच्च अदालतका न्यायाधीश कैलास गुरुङले प्रतिज्ञा नाटक मुना मदन कविता भन्दा कम नभएको टिप्पणी गर्नुभयो । औषधी मुलो नपाएर गरिविको कथा बनेको यो प्रकाशन महत्वपूर्ण रहेको न्यायाधीश गुरुङले बताउनुभयो ।
जिसस प्रमुख गौरीनन्द आचार्यले बुढ्थापा आदर्श राजनितिज्ञ रहेको जानकारी दिनुभयो । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले नाटक मञ्चन गर्दै गर्दा जेल गएको प्रत्यक्षदर्शी भएको बताउदै बुढ्थापाको आदर्श राजनितिले आफुहरुलाई पनि राजनितिमा समेत ल्याएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले पढ्ने संस्कृतिको विकास घटिरहेको समयमा ७७ बर्षिय ज्येष्ठ नागरिकले प्रतिज्ञा नाटक पुन प्रकाशन गर्नु भएकोमा सवैलाई प्रेरणा दिने बताउनुभयो । विजय रावत