प्रदेशस्तरीय फुटबल प्रतियोगिताकाे विजेता जुम्लाको टिम सम्मानित

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लामा सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे विजेता हुने जुम्लाकाे टिमलाई सम्मान गरिएकाे छ। जुम्लामा यहि फागुन १८ गते सम्पन्न कर्णाली प्रदेशस्तरीय पुरुष फुटबलमा जुम्ला विनेजा बनेकाे थियाे।आज जुम्लामा किर्तिमानी धावक हरि राेकायाकाे प्रमुख आतिथ्यतामा खेलाडि, प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरिएकाे कर्णाली खेलकुद क्लवका अध्यक्ष शराेज शाहीले बताए। किर्तिमानी धावक हरि राेकायाले खेलाडीलाई नियमित खेलमा लाग्न अनुराेध गरेका छन्।
कर्णाली खेलकुद क्लव जुम्लाले खेलाडीको उच्च मनोबल बढाउनको लागि खेलाडीलाई सम्मान गरिएको क्लबका अध्यक्ष शाहीले बताए।




तपाईको प्रतिक्रिया