त्रिवेणी-टाेप्ला सडक अवरुद्ध, सडक डिभिजन बेखबर रहेको जनगुनासो

पूर्ण चौलागाईँ जुम्ला।
जुम्लाकाे त्रिवेणी-टाेप्ला सडक खण्डमा पहिराे खस्दा अवरुद्घ भएकाे छ। तातोपानी गाउँपालिका ७ सुर्किकाे गुठिचाैर नजिक पहिराे खस्दा सडक अवरुद्घ भएकाे हाे । यहि फागुन ८ गते राति खसेकाे पहिराे नपन्छाउदा सवारी आवातजावत पुर्णरुपमा बन्द भएकाे छ।
यो सडकले जुम्ला, कुडारी त्रिवेणी ताम्ती टोप्ला, इमिल्चा जोड्छ। ५ दिन बितिसक्दा पनि अवरुद्ध सडक नखुलेपछि सवारी आगमन सहित दर्जनाैं गाउँका सर्वसाधारणलाई आवतजावतमा समेत अप्ठ्यारो भएको छ । पहिरो स्थानीयबाट पन्छाउन सम्भव नहुँदा दैनिकी कष्टकर बन्दै गएको तातोपानी गाउँपालिका– ७ का स्थानीय बिरजिते रावतले बताएका छन् । ‘अहिलेसम्म पनि सडक खुल्ने कुनै सुरसार छैन। नुन, चामललगायत दैनिक उपभोग्य सामग्री गाउँमा लैजान समस्या भएको छ,’ उनले भने।
सडक नखुल्दा निर्माण सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन। बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्‍याउन परेको स्थानीयकाे गुनासाे छ। एकातिर एउटा सडक निर्माण भएको एक दशक बितिसक्दासमेत स्तरोन्नति हुन सकेको छैन। त्यसमाथि पनि वेलावेला पहिरोले सास्ती थप्ने गरेको तातोपानी ८ का वडा अध्यक्ष नर बहादुर रावतले बताएका छन्। अवरुद्घ सडक खुलाउन तर्फ सडक डिभिजन जुम्लाले ध्यान नदिएकाे उनकाे भनाइ छ।
सडक डिभिजनमा फाेन गर्दा प्रयास गर्ने आश्वासन मात्रै आयाे, तर पहिराे पन्छाउने काम भएन। वडा अध्यक्ष रावतले भने। पहिराे खसेकाे चार दिन सम्म पनि सडक डिभिजन जुम्लाले चासाे नदिदा भेरिखाेला क्षेत्रका नागरिकले दुख खेप्नुपरेकाे उनकाे भनाइ छ।

यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टले अवरुद्ध भएको सडक छिटो  खुलाउन कर्मचारीलाई निर्देशन दिएको बताए।




तपाईको प्रतिक्रिया