
पूर्ण चौलागाईँ जुम्ला।
तातोपानी गाउँपालिका वडा नं ५ निवासी ९० वर्षीय प्रभानन्द चौलागाईँ ग्याँस चुलो पाएपछि दङ्ग परेका छन् । वडाले ग्याँस चुलो र सिलिण्डर दिएपछि आफू निकै खुसी भएको उहाँको भनाई छ ।
प्रजातन्त्र दिवसको अबसरमा ग्याँस चुलो र हिलट्यांकी वितरण गरीएको हो। लक्षित वर्ग कार्यक्रम अन्तर्गत जनताको माग अनुसारको वडाले काम गरेकोमा तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईँले वडालाई धन्यवाद व्यक्त गरे।

९ लाख रुपैयाँ मूल्य बराबरको ७५ जनालाई ५ सय लिटर क्षमताको हिलट्यांकी र ४५ जनालाई ग्याँस चुलो र सिलिन्डर वितरण गरीएको वडा अध्यक्ष छिरिङ महतले बताए।





हाम्रो कर्णाली । ७ फाल्गुन २०८०, सोमबार १७:४९