
पूर्ण चौलागाईँ जुम्ला। लागूऔषध दुर्व्यसनी न्यूनीकरण सम्वन्धी भएको खुल्ला लोकदेउडा प्रतियोगितामा कार्तिकस्वामी महिला समुह प्रथम भएको छ। १९ वटा समूहलाई हराउँदै कार्तिकस्वामी प्रथम भएको हो । सहिदगेट महिला समुह दोर्सों, पञ्चदेवल महिला समुह तेर्सो भएका छन् भने ढाणथपला पुरुष समुहले सान्तावनामा चित्त बुझाएको छ। प्रथम, द्रितिय, तृतिय र सान्तवना हुनेले क्रमसः १५ हजार, १० हजार, ५ हजार र २ हजार पाँच सय रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन्।

त्यस्तै सोही विषयमा भएको लोकदोहोरी प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठा न शाखा जुम्लाको टीम प्रथम भएको छ। सो प्रतियोगिताको फाइनलमा जातिभिडलाई हराउँदै प्रतिष्ठा नको टीम प्रथम भएको हो। भने जातिभिडको टिमले दोर्सों स्थानमा चित्त बुझायो। त्यस्तै कार्तिकास्वामि महिला समुह तृतीय र आचार्यबाडाले सान्तवना स्थान हात पारेको आयोजकले बताएको छ। सो प्रतियगितामा ५ टिमले भाग लिएका थिए।
प्रथम, द्रितिय, तृतिय र सान्तवना हुनेले क्रमसः १५ हजार, १० हजार, ५ हजार र २ हजार पाँच सय रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन्।
१३ औं विश्व रेडियो दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरी दिवस मनाएकोमा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख गौरिनन्द आचार्यले रेडियोकर्मीलाई धन्यवाद दिए।
कार्यक्रमको आयोजना जुम्ला जिल्लामा रहेका रेडियो कर्णाली, खुल्ला आकाश र रेडियो नारीले गरेका हुन्।




हाम्रो कर्णाली । २ फाल्गुन २०८०, बुधबार १९:२७