नेराकस जुम्लाले बिभिन्न कार्यक्रम गरी १६ औं स्थापना दिवस मनायो

पूर्ण चौलागाईँ जुम्ला।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति जुम्लाले बिभिन्न कार्यक्रमको गरी आफ्नो १६ औं स्थापना दिवस मनाएको छ। सोही अवसरमा कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४९ जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति जुम्लाका सचिव उत्तम देवकोटाले बताए। साथै प्रतिष्ठानदेखि जनस्वास्थ्य कार्यालय जुम्लासम्म सरसफाई गरीएको हो।
सरकारको सेवासुविधा उपभोग गरेको सरकारी कर्मचारीले जनताप्रति सेवाप्रवाहमा उत्तरदायी हुनुपर्ने नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कर्णाली प्रदेश अध्यक्ष देबेश्वर गिरीले बताए।


जनताको सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति जुम्लाका कार्यवाहक अध्यक्ष वीरेन्द्र रावलले बताए। सो दिवसको अबसरमा समीक्षा कार्यक्रम पनि गरीएको थियो।




तपाईको प्रतिक्रिया