नेपालगंज नर्सिङ्ग क्याम्पसले पहिलो पटक स्थापना दिवस मनायो

पूर्ण चौलागाईँ जुम्ला।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगंज नर्सिङ्ग क्याम्पसले प्रथम पटक आफ्नो ५४ स्थानपन दीवस मनाएको छ ।सो कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाहले नेपालगंज नर्सिगं क्याम्पसलाई उचाईमा पुर्याउनको लागि आफुले सक्दो सहायोग गर्ने बताए।
सहायक डीन प्राध्यापक तक्मा के.सी.,भेरी अस्पतालका प्रमुख डा पवन रायमाझी , श्री दुर्गालक्ष्मी श्रेष्ठ ,प्रमुख अस्पताल नर्सिग प्रशासक भेरी अस्पताल तथा नेपालनगंज नगरपालीका स्वास्थ्य शाखा प्रमुख लगायतले आफ्नो धारणा राखेका थिए । क्याम्पस प्रमुख श्री तुलसा सुनारले वर्ष भरि गरेको कार्य र भएका प्रगतिको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरे। कार्यक्रममा स्वागत मन्तव्य उप प्रा सुनिता आचार्यले र नर्सिड पेशाको चुनौति र अवसर बारे श्री दुर्गालक्ष्मी श्रेष्ठले र नेपाल नर्सिङ संघ बाँकेकि अध्यक्ष लक्ष्मी के सी ले आफ्ना भनाई राख्नु भएको थियो। उक्त कार्यक्रममा धेरै वर्ष सेवा गरेका एकजना कर्मचारी जो पैकराम पासी र शिक्षक सरस्वती पि.सी लाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।


क्याम्पसमा वर्षभरि गरेका विभिन्न खेलकुदमा प्रतियोगितामा पहिलो, दोर्सो र तेर्सो स्थान हासिल गर्ने खलाडीलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रको संचालन उप प्रा रेखा खड्का र प्रशासन सहायक भद्र थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...