
विजय रावत,
जुम्ला।जुम्लाको तिला गाउँपालिका – ६ का वडाध्यक्ष जंगबहादुर राेकायाले बालविवाहलाई अन्त्य गर्नेका लागि वडाको सिफारिस अनिवार्य नियमलाई कार्यान्वयनमा ल्याएका छन् । वडापालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ ।
उमेर नपुग्दै विवाह गर्नेको संख्या बढेपछि तिला गाउँपालिकाले पालिका भित्रका नाैवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि साे वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइसाथ लागू गरिएको वडाध्यक्ष जंगबहादुर राेकायाले जानकारी दिनुभयो । कम उमेरका विवाहहुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडापालिले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष रोकायाले भन्नुभयो ,” विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागू गरिएको छ। बैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौँ। ” सोहीबमोजिम कार्यान्वयन गर्दै आएका छौँ।’कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन् ।अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँचजना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।
विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्मदर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने हुन्छ । उमेर नपुग्दै विवाह गर्ने सुडीगाउँमा दुईवटा र घोडेगाउँमा एक वटा बालविवाह गर्नेलाई रोक्ने काम भएको वडाध्यक्ष रोकायाकाे भनाइ छ। वडाको सिफारिस अनिवार्य गरेपनि तिलाका अरु वडाले प्रभावकारी रुपमा निर्णयलाई कार्यान्वयन गर्ने नसकेको तिला गाउँपालिका-१ का स्थानीयवासि उपराज रावतले बताउनुभयो । गाउँमा बालविवाह भएको देखिन्छ । वडाको सिफारिस पनि लिएको देखिदैन पालिकाले गरेको नियम कडाइसाथ लागू हुने सकेको छैन ।
सबैभन्दा वडापालिकाले आफ्नाे वडाभित्र हुने बाल विवाह गर्नलाई कानुनी अनुसार कार्वाही गर्न नसकेको तिलाका स्थानीयवासि बताउँछन् । वडाको सिफारिस लिएर मात्रै विना विवाह गर्न भनेपनि गाउँबाट अन्यत्र ठाउँमा विवाह गर्नेले समस्य उत्पन्न भएकाे छ । वडाध्यक्षहरुले गाउँमा हुने विवाहलाई उमेर पुगे नपुगेको जानकारी लिनका लागि प्रभावकारि भुमिका खेल्नुपर्ने गाउँपालिका अध्यक्ष माेतीलाल राेकायाकाे भनाइ छ।

हाम्रो कर्णाली । १५ माघ २०८०, सोमबार १०:१५