
जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिका- ४ वडा भित्रका पाँच वटा गाउँबस्तीलाई मंगलबार छुइगोठ मुक्त घाेषणा गरिएको छ । गैरसरकारी संस्था सर्वोदय नेपाल, किर्डाक नेपालकाे सहजीकरण र पातारासी – ४ काे आयाेजनामा छाउगाेठ मुक्त घाेषणा गरिएकाे हाे। समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले जानकारी दिनुभयो ।
छाउपडी प्रथा महिलाको सामाजिक,आर्थिक बृद्वि विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यका रुपमा अघि बढेको छ, । बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको अध्यक्ष बाेहाेराकाे भनाइ छ ।
एक औपचारिक कार्यक्रमका बिच पाताासी -४ का लुम, लाम्री, तीर्खु, डिल्लीचाैर र बैसेनीलाई छाउगाेठ मुक्त घाेषणा गरिएकाे छ। कुल ५ सय घरधुरी र २ हजार १९५ जनसंख्या रहेकाे पातारासी ४ लाई परम्परागत हानिकारक अभ्यास का रुपमा जरा गाडेको छाउपडि बाट मुक्त घाेषणा गरिएकाे हाे।
स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमल खत्रीले बताउनुभयो ।
छाउगोठ मुक्त बस्ती घोषणा गर्न गाउँमा पटक पटक छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरेको छ । सरकारले छाउपडीउन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ । यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन । पातारासी का समुदायमा छाउपडि विरुद्ध जुट्न सबैलाई सचेत बनाइएकाे पातारासी गाउँपालिका कि महिला तथा बालवालिका शाखा प्रमुख भगवती गिरिले बताउनुभयो ।

हाम्रो कर्णाली । २५ पुष २०८०, बुधबार २०:४०