वालविवाह रोकथामका लागि वडामा अभियान चलाउँदै चन्दननाथ

 

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकाले बालविवाह रोकथामका लागि वडा स्तरमा अभियान चलाउने भएको छ ।  नगरपालिकाले अहिले म वालविवाह विरुद्ध वोल्छु अभियान शुरु गरिएको छ । वालविवाह घटाउने उद्देश्य तथा सचेतना अभियानका लागि चन्दननाथले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान वडास्तरबाट शुरु गरिएको नगर प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।
नगरपालिकाको – १ बाट सो अभियान शुरु गरिएको छ । नगरपालिका महिला तथा वालवालिका शखाको कार्ययोजना अनुसार नगरपालिकाले म वालविवाह विरुद्ध वोल्छु भन्ने अभियान संचालन गरिएको नगरपालिका वालकल्याण अधिकारी पुष्पा थापाले बताउनुभयो । नगरपालिकाले शुरु गरेको अभियान पहिलो दिन वडा नम्बर १ बाट शुरुहुदै सदरमुकामको चन्दननाथ माविका विद्यार्थी, टयूसन सेन्टरहरुमा सचेतना दिएको  छ । क्रमशःनगरपालिका दशवटै वडा वालविवाह विरुद्ध म वोल्छु सचेतना अभियानलाई प्रभावकारी बनाई कार्यान्वयमा ल्याइने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानको भनाइ छ ।
वालविवाहको जिल्ला प्रहरी कार्याललयमा एकिन तथ्यांक समेत छैन । वालविवाह विरुद्धका मुद्दानै आउँदैनन । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७९।०८० मा जुम्लामा वालविवाह विरुद्धका मुद्दा छैन । वालविवाह विरुद्धको साझा सञ्जालले सार्वजनिक गरेको तथ्यांकमा जनस्वास्थ्य सेवा कार्यालयमा आर्थिक बर्ष २०७९।०८० मा एक हजार ६२९ गर्भअवस्था जाँच गर्न आएका मध्य ३१२ जना २० बर्ष मुनिका किशाोरी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकले देखाउँछन् ।




प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...