वडापालिकाद्वारा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

पुर्णप्रसाद चाैलागाई
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका-५ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ। जाडो समयमा वडापालिकाले यहाँका लक्षित वर्गका नागरिकलाई कम्बल वितरण गरेपछि ज्येष्ठ नागरिकदेखि एकल महिलालाई निकै राहत पुगेको वडाध्यक्ष छिरिङ महतले बताउनुभयो ।
लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाले याे वर्ष तीन लाख बजेट विनियोजित गरेको थियो । साेहि बजेटबाट तातोपानी -५ का करिब १७०ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडाध्यक्ष महतले जानकारी दिनुभयो । जुम्लाको तापक्रम माइनसमा रहेको छ। चिसो बढेर समस्या भइरहेका बेला वडापालिकाले कम्बल वितरण गरेकोमा ज्येष्ठ नागरिकहरूमा खुसी छाएको साे वडाका ज्येष्ठ नागरिक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...