जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

 

पुर्णप्रसाद चाैलागाई
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-६ काे आयाेजनमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २० वटा स्वर्ण पदक सहित यहाँको हिमा गाउँपालिका प्रथम भएको छ । प्रतियोगितामा जिल्लाका आठवटा स्थानीय तहमध्ये पातारासी र गुठिचौर बाहेक अरु ६ पालिकाले सहभागी जनाएका थिए ।
साे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा हिमाले विभिन्न विद्याका खेलतर्फ २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । हिमाले कराते तर्फ १२ वटा,१५ सय मिटर दौडमा छात्रा÷छात्र तर्फ २ वटा,३ हजार मिटर दौड छात्रतर्फ १ वटा,हाईजम,लम्जम र त्रिपलम्जम तर्फ १÷१ सहित जम्मा २० वटा स्वर्ण पदक जितेको हिमा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले बताउनुभयाे।
उनका अनुसार १५ सय मिटर दौडमा छात्रा÷छात्रा तर्फ गरी २ वटा,त्रिपलम्जम २ वटा,ज्याब्लीङ थ्रोमा १ गरी जम्मा ८ रजत पद हासिल भएको छ । भने विभिन्न खेलमा ६ वटा काँस्य पदक हिमाले जितेको छ ।
आयोजकका अनुसार द्धित्तिय स्थानमा चन्दननाथ नगरपालिका भएको छ । चन्दननाथले १२ वटा स्वर्ण पदक सहित दोस्रो स्थानमा भएको आयोजकले जनाएको छ । यदपी,तेकान्दो र उस्सु तर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णण गरेपछि चन्दननाथ नगरपालिका अन्य पुरस्कार समेत लिन गएन् । चन्दननाथले छात्रतर्फको भलिबलमा उपविजेता बनेको छ । चन्दननाथले अन्य कुनकुन विद्यामा (स्वर्ण,कास्य र रजत)पदक ल्याएको भन्ने बारे एकिन विवरण आएको छैन् ।
उता सिञ्जा गाउँपालिका २ वटा स्वर्ण पदक सहित तेस्रो भएको छ । सिञ्जाले लम्जम छात्रा तर्फ १ वटा,दुई सय मिटर दौड छात्रा तर्फ १ वटा गरी दुई वटा स्वर्ण पदक जितेको सिञ्जा गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताए । साथै सिंजाले २ सय दुई मिटर दौड छात्र तर्फ १ वटा,एक सय मिटर दौड छात्रा तर्फ १,त्रिपलम्जम छात्रा तर्फ १ गरी जम्मा ३ वटा रजत र २ वटा हाँस्य पद सहित तेस्रो भएको हो । प्रतियोगितामा छात्रा भलिबलको बिजेता बनेको कनकासुन्दरी समग्र प्रतियोगिताको चौथो भएको छ । भने छात्र तर्फको भलिबल बिजेता बनेको तिला गाउँपालिका समग्र प्रतियोगितामा पाँचौ स्थानमा छ । तर आयोजक पालिकाले भने कुनै अन्तिममा रहेको छ ।
प्रतियोगितामा प्रथम,द्धित्तिय,तृतिय हुने पालिकाहरुले शिल्ट,प्रमाणपत्र,मेडल, लगायतका पुरस्कार पाएका छन् । विभिन्न चुनौतीका विच १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरी शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईकाे भनाइ छ।
आयोजकले १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम,द्धित्तिय र तृत्तिय घोषणा कार्यविधि विपरित गरेको भन्दै चन्दननाथ नगरपालिकाले असहमती जनाएको छ । विभिन्न खेलमा २६ स्वर्ण पदक सहित प्रथम आफु भएको दाबी गर्दै आयोजकले निर्देशिका विपरित निर्णय गरेको चन्दनाथको तर्क छ । यदपी आयोजकले हिमा गाउँपालिकालाई प्रथम घोषणा गरीसकेको छ ।
चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख खडानन्द चौलागाईले आयोजकले उस्सु तेकान्दो खेलको निर्देशीका विपरित निर्णय गरेपछि चन्दननाथले असहमती जनाएको बताए । उनले भने,“गतवर्ष गुठिचौरमा सम्पन्न रनिङ शिल्टमा अन्य पालिकाका खेलाडी सहभागी नभएपनि उस्सु र तेकान्दोमा चन्दननाथलाई नम्बर दिइएको थियो । तर यसपाली कुन आधारमा नम्बर दिइएन् ? २६ पदक ल्याएको नगरलाई निर्देशीका विपरित निर्णय गरेर उस्सु र तेकान्दोमा नम्बर नदिने भनेपछि पुरस्कार लिन हाम्रा खेलाडी गएनन् ।”
“समग्रमा देशभर उस्सु र तेकान्दोका खेलाडी न्युन छ । प्राय प्रतियोगितामा सहभागी पनि कमै हुन्छ । त्यसो भने उस्सु तेकान्दोलाई खेलै नमान्ने ? एउटै पालिका मात्र सहभागी भयो भनेर मान्यता नदिने ? आयोजकले पुरै निर्देशिक विपरित निर्णय गर्यो ।” उनले भने ।
प्रतियोगितामा सहभागी ६ वटा पालिका मध्य चन्दननाथले मात्रै उस्सु तर्फ खेलाडी सहभागी गराएको थियो । गत वर्ष जस्तै उस्सुमा एउटै पालिकाको सहभागी भएपनि नम्बर पाउनु पर्ने चन्दननाथको माग हो । तर आयोजकले उस्सु र तेकान्दोमा चन्दननाथ बाहेक अन्य पालिकाका खेलाडीको सहभागीता नभएकोले नम्बर नदिने निर्णय गरेपछि असहमती जनाएको चौलागाँईले जानकारी दिए ।
उस्सु र तेकान्दोमा प्रतियोगितामा अन्य पालिकाका खेलाडी सहभागी नभएको र चन्दननाथ नगरपालिकाले उक्त विद्यामा एकल सहभागी जनाएकोले प्रमाण पत्र र मेडल दिने तर नम्बर नदिने निर्णय भएको तातोपानी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष विशाल खड्काले बताए ।
केन्द्र हुदैँ प्रदेश सम्म सबै निकायमा सबै प्रक्रिया बुझेरै निर्णय लिएका हौ । उनले भने,“उस्सु र तेकान्दोमा अन्य पालिकाका खेलाडी सहभागी थिएनन् । मार्सलआर्ट तर्फका खेलाडीहरु छनोट गरेर सहभागी गराउनु पर्नेमा कुनै छनोट नगरी चन्दननाथका मात्रै खेलाडी सहभागी थिए । तर निर्देशीकाले छनोट गरेर मात्रै सहभागी गराउनु पर्छ भन्छ । जिल्ला स्तरी भएको प्रतियोगितामा एकल सहभागी विद्यालाई नम्बर नदिने निर्णय भयो । सोहीअनुसार चन्दननाथ द्धित्तिय भएको हो । सबै प्रक्रिया पुरा गरेर भएको निर्णय चित्त नबुझ्नु चन्दननाथकै सरोकारको विषय हो । हाम्रो कुनै नियत छैन् ।”
वडाध्यक्ष खड्काले प्रतियोगिता सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सराेकारवाला निकायलाई धन्यबाद दिनुभयो । आगामी वर्ष १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्न भएको छ।




तपाईको प्रतिक्रिया