१४ औं राष्टपति रनिङ सिल्ड प्रतियोगिता तातोपानीमा सुरु

पूर्ण चौलागाईँ जुम्ला।
१४ औं राष्टपति रनिङ सिल्ड प्रतियोगिता तातोपानीमा सुरु भएको छ। तातोपानी गाउँपालिका वडा नं ४ स्थित हाकुचौरमा सो प्रतियोगिता आजदेखि सुरु भएको हो। प्रतियोगतामा जुम्ला जिल्लाका ८ वटा स्थानिय तहमा ६ स्थानिय तहले भाग लिएका छन्। गुठीचौर र पातारासि सहभागी भएका छैनन्।
आज भएको आज पहिलो दिन सडफुट, ज्यावलिङ थ्रो, लम्पजम्प र तिर्पजम्प खेल संचालन भएका छन्। जसमा छात्र तर्फ सडफूटमा कनकासुन्दरी गापाका सुवास बुढा प्रथम र सोही गापाका लली महरी दृत्तिय र चन्दननाथ नपाका सोडान रोकाया र कुमार परियार तेर्सो स्थान हात पारेका छन् भने सोही खेलमा छात्रातर्फ तिला गापका करिश्मा थापा प्रथम, कनकासुन्दरी गापाका सुन्जिरा कामी दोर्साे र हिमा गापाकी कमला शाही तृतिय भएकि छन्।
ज्याबलिङ थ्रो खेलमा कनकासुन्दरी गापा का धर्मेन्द्र कामी प्रथम,हिमाका देवेन्द्र रोकाया दृत्तिय र चना नपाका कुमार परियार तृतिय भएका छन् भने छात्रातर्फ हीमाका मञ्जु अधिकारी प्रथम, कनकाका सुनपुरा बुढा दृतीय र हिमाकी सञ्जु रोकाया तृतीय भएको बताएको छ।
लम्पजम्पमा छात्रतर्फ चना नपाका दिलीप मल्ल प्रथम,हिमा का दीपेन्द्र शाही दृतिय र चनाका दोर्ण राज धराला तृतीय भएका हुन् भने छात्रातर्फ सिंजाका मनिसा सार्की प्रथम, तातोपानीका रुमाला कुँवर दृत्तिय र हिमाकि वर्षा शाही र कनकाकी अन्सु बडुवाल तृतीय भएकी छन्।
साथै आजै भएको तिर्पजम्प खेलमा छात्रातर्फ हीमाकी ममता शाही प्रथम, सिंजा की मनिषा शाही दृत्तिय र तिलाकी करिश्मा थापा र हीमाकि सुस्मिता रावत तृतिय भएकी छन् भने छात्र तर्फ चना का दिलीप मल्ल प्रथम, हींमाका दीपेन्द्र शाही दृत्तिय र सिंजा का मिलान सहकारीले तृतीय स्थान हात पारेका एथलेटिक्स प्रशिक्षक मथुराज न्यौपानेले बताए।
यस बर्षको राष्टपति रनिङ सिल्ड प्रतियोगिताको आयोजना तातोपानी गाउँपालिका वडा नं ६ ले गरेको वडा अध्यक्ष विशाल खड्काले बताए।




तपाईको प्रतिक्रिया