तिला गाउँपालिकाले घरनक्सा तथा भवन निर्माण कार्यविधि कार्यान्वयनमा ल्यायो

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले घर नक्सा तथा भवन निर्माण कार्यबिधी, २०८० कार्यान्वयनमा ल्याएको छ । पालिका भित्र घर बनाउँदा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गरेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिनुभयो ।

पालिकाले बनाएको कार्यविधि बनाई पुर्ण कार्यान्वयनमा शुक्रबारदेखि आएकाे छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले भन्नुभयो ,” पहिलो सेवाग्राही तिला गाउँपालिका-१ राराका स्थानीयवासि कल बहादुर शाहीले नक्सा पास गरि पालिकाबाट घर निर्माण आंशिक इजाजतपत्र प्रदान गरिएको छ। अब यहाँका नाैवटै वडामा नक्साकाे काम अगाडि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाकाे भनाइ छ ।”

नक्सा पास गरि घर तथा भवन निर्माण गर्दा भुकम्प प्रतिरोधात्मक,विभिन्न बैंक तथा बित्तीय सस्थाहरुबाट ऋण लिन र घरको बैधानिकता कायम गर्न मद्दत पुग्ने तिला गाउँपालिका उपाध्यक्ष गाेरीकला बुढाले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रुपमा गाउँपालिकाबाट नक्सा पास गराएरमात्र निर्माण गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने गाउँपालिका अध्यक्ष माेतीलाल राेकायाले जानकारी दिनुभयो । गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाले जनाएको छ। नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरु लागू गरिएको छ ।

नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिकाकाे नक्सा शाखाले जनाएको छ।नक्सा पास गर्दा आवश्यक पर्ने कागजात रहेका छन् । जसमा नागरिकताको प्रतिलिपि-एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाले जनाएको छ ।




तपाईको प्रतिक्रिया